आ बाट आमा २ को स्क्रिप्ट पूजा

काठमाडौं । पल शाहको मुख्य भुमिका रहने फिल्म ‘आ बाट आमा २’को मुर्हूत गरिएकोछ। सोमबार बिहान ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा मूर्हत गरेकोे हो।

सोमबार पारेर निर्माण टिमले फिल्मको स्क्रिप्ट पुजाअर्चना गर्दै कामलाई अगाडि बढाएको हो। यो फिल्म गत वर्षको सुपरहिट फिल्म ‘आ बाट आमा’कै सिक्वेल हो ।

यो फिल्ममा अघिल्ला फिल्मका कलाकार विपना थापा, पल शाह, प्रदीप रावत, गजित बिष्टलगायतका कलाकारहरु दोहोरिएका छन्। फिल्ममा नयाँ सदस्यका रुपमा आकाश श्रेष्ठ,नरेन खड्का जोडिएका छन्। फिल्ममा अभिनेत्री फाइनल हुन बाँकी छ ।

निर्देशक पन्तले यो फिल्मको छायांकनको समय तालिका केहि दिनमा नै टुङ्गो लाग्ने बताए। फिल्म असोज ३० गते रिलिज हुनेछ । फिल्ममा निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथा रहनेछ । फिल्मको वितरण आर आर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। आर्या इन्टरटेन्टमेन्ट प्रालीको व्यानरमा निर्माण हुने यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।