बेलायती नायकको प्रेममा अनिता

काठमाडौं । बेलायतमा बस्दै आएकी मोडल अनिता लिम्बु यतिबेला बेलायती नायक ज्याक आर्मस्टङको प्रेममा परेकी छन् । एक क्याफेमा भेट भएपछि मौलाएको उनीहरुको प्रेममा अहिले उनीहरु रमाइरहेका छन् ।

झट्ट सुन्दा यो वास्तविक लागे पनि अनिता र ज्याकको प्रेम वास्तविक भने होइन । गायक राजेशपायल राई र गायिका अमृत लिम्बुको स्वरमा रहेको ‘बिस्तारै बिस्तारै’ बोलको गीतको भिडियोमा ज्याक र अनिताको अनस्क्रिन रोमान्सलाई हेर्न सकिन्छ ।

गीतमा जानु काम्बाङको शब्द र शिखर सन्तोषको संगीत छ । भिडियोमा अमृत गुरुङको निर्देशन छ ।