चक्कर ट्रेलरमा अनेक चक्कर

काठमाडौं । नायिका ऋचा शर्मा र नायक अर्पण थापालाई प्रहरीको भूमिकामा प्रस्तुत गरिएको फिल्म ‘चक्कर’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा चक्करमा परेका फिल्मका कलाकारको गतिविधिलाई समेटिएको छ ।

अनुष्क रौनियारको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सिर्जना सुब्बा, स्मृति पोखरेल, एभोनराज उप्रेती, भोलाराज सापकोटालगायतका कलाकारको अभिनय छ । रविन आचार्य निर्माता रहेको फिल्ममा रविनकै छायांकन, संगम पन्त र पुष्पका पलाञ्चोकेको संगीत, अनुष्क रौनियारको सम्पादन, छ। फिल्म साउन ४ मा रिलिज हुँदैछ।