फेसियल फेशनमा कलाकारदेखि पत्रकार

काठमाडौं । फेसियल हाउसको आयोजनामा राजधानीमा भएको ‘फेशन ट्रेड सिजन टू’मा सेलिब्रिटीदेखि पत्रकारसम्मले र्याम्प नापेका छन् । फेसियल हाउसले ‘फेशन सबैका लागि’ अवधारणामा गरेको फेशन शोमा ७ वटा सिक्वेन्स प्रस्तुत गरिएको थियो ।  फेसियल हाउसकी म्यानेजिङ डाइरेक्टर शुष्मा महराले ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ले फेशनलेबल डिजाइन, मेकअप र भविष्यमा हुने र चल्ने डिजाइन तथा मेकअपलाई फेशन टेड्र मार्फत प्रस्तुत गरेको बताइन् ।

फेशनसँग जनजीवनलाई जोड्ने प्रयास अन्तर्गत आफूहरुले फेशन शोको परम्परागत अवधारणालाई परिवर्तन गर्न खोजेको फेसियल हाउस इन्टरटेनमेन्टका अध्यक्ष उज्वलजंग शाहले बताए । फेसियल हाउसले यसपल्ट फेशन शोका लागि मोडल मात्रै नभइ रोलमोडल पनि छानेको थियो । समाजका प्रतिष्ठित विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा आफूलाई स्थापितहरुलाई र्याम्पमा उतारेको थियो ।

शोमा करिश्मा मानन्धर, पूर्व मिस नेपाल उषा खड्गी, अभिनेत्री क्षितिजा शाक्य, दिक्पाल कार्की, एसराज गराच, पूर्व मिस्टर नेपाल गणेश अग्रवाललगायत र्याम्पमा उत्रिएका थिए ।  र्याम्पमा शुक्रवारका सम्पादक केपी ढुंगाना, नेपाल लाइभ डटकम तथा स्वास्थ्य खबरपत्रिकाका समाचार सम्पादक डिबी खड्का, पत्रकार तथा फिल्म निर्देशकहरु सुव्रत आचार्य, नयाँ पत्रिकाका लक्ष्मण सुवेदी, मेरोफिल्म डटकमका दिपेन्द्र घिमिरे लगायतका २० जना पत्रकाहरुलाई पनि र्याम्पमा उतारिएको थियो ।

कार्यक्रममा गायक युवराज चौलागाइँ, गायिका आस्था राउतलगायतका गायक गायिकाले आफ्नो प्रस्तुति पस्केका थिए । फेशन ट्रेड सिजन टु का लागि सुषमा महराका डिजाइन मेकअपहरुलाई प्रस्तुत गर्न कोरियोग्राफ लक्की खड्की, दिक्पाल कार्की, स्मित तामाङ, ड्रेस डिजाइनर प्रेम देब, एनि र मेकअप चन्द्र लामा र नीलम र हेयर डिजाइनमा बिगेन तामाङ रहेका थिए ।