पद्मावतपछि सुपर वुमन दीपिका

मुम्बई(एजेन्सी)। फिल्म ‘पद्मावत’ पछि बलिउड अभिनेत्री दीपिका पादुकोणको आगामी फिल्मको सबैलाई प्रतिक्षा छ । प्रेमी रणवीर सिंहसँगको विवाह प्रसंगले चर्चा पाइरहँदा उनको आगामी फिल्मको रुप कस्तो होला भन्ने चासो पनि व्याप्त छ ।

समाचार अनुसार दीपिका एक सुपरहिरो फिल्मको तयारीमा जुटिरहेकी छन् । यो फ्रेञ्चाइजी फिल्मको दुई सिक्वेल बनाउने योजना पनि तयार भइसकेको छ । जुन फिल्मको बजेट ३ सय करोड बताइएको छ । फिल्ममा दीपिकाको भूमिका हलिउड सुपर वुमन वन्डर वुमनको जस्तै हुनेछ । फिल्मका लागि दीपिका मार्शल आर्ट्सको प्रशिक्षण लिने तयारीमा छिन् ।

दीपिका ‘पद्मावत’ पछि विशाल भारद्वाजको ग्याङस्टार फिल्म ‘सपना दिदी’को तयारीमा थिइन् । तर फिल्मका अर्का कलाकार इरफान खानको स्वास्थ्य बिग्रेपछि यो फिल्मको काम रोकिएको थियो ।