आफ्नै भिडियोमा दुःखी मरिष्का

काठमाडौं । केही फिल्ममा अभिनय गरिसकेकी नायिका मरिष्का पोखरेलले म्युजिक भिडियोमा पनि उत्तिकै अभिनय गरेकी छन् । गायक मुरारी गुरागाईको एल्बम ‘एकतर्फी माया’मा समावेश ‘तिमीलाई दुख्न’ बोलको गीतको भिडियोमा मरिष्काको डेब्यु निर्देशन छ । भिडियोमा मरिष्का आफै र नायक पुष्पल खड्काको अभिनय हेर्न पाइन्छ ।

वियोगान्त फ्लेबरको गीत भित्र केही रोमान्टिक दृश्य पनि राखिएका छन् । तर गीतमा देखिएको पुष्पल र एक बच्चाको फोटोले मरिष्का आहत हुन पुगेको प्रष्ट देख्न सकिन्छ । गीतमा होमनाथ न्यौपानेको शब्द र दीपक भट्टराईको संगीत छ । भिडियोमा निशान घिमिरेको सम्पादन र अर्जुन तिवारीको छायांकन छ ।