जाजरकोटको दरबारमा रेखाको मालिका नृत्य

काठमाडौं । नायिका, निर्मात्री तथा निर्देशक रेखा थापा फिल्म निर्माणाधिन फिल्म ‘मालिका’ खिच्न जाजरकोट पुगेकी छन् । उनी केही समयदेखि जाजरकोट दरबार प्राङ्गणमा गीतको छायांकनमा व्यस्त छिन् । अबको दश दिनमा फिल्मको छायांकन सक्ने योजना बनाएकी उनले काठमाडौं र कोहलपुरको छायांकनपछि जाजरकोट पुगेकी हुन् ।

उनले झण्डै सय बढी कोरससँग त्यहाँको दरबारमा गीत खिचिइरहेको बताइन् । ‘जिल्लाको स्थानीय भेषभुषा र संस्कृति झल्किने मेलाको दृश्य बनाएर दुई सय ६८ वर्ष अघि निर्माण गरिएको जाजरकोट दरबारको प्राङ्गणमा गीत खिचिरहेका छौं ।’ रेखाले भनिन् । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । गीतमा सुरेश अधिकारीको संगीत छ ।

जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरबहादुर कार्कीको परिकल्पनामा तयार भएको फिल्मको विषयवस्तु महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित छ । मालिकामा रेखा र जाजरकोटकी चौध वर्षिय कमला ओली मुख्य भूमिकामा छन् । फिल्म तिहारको लक्ष्मीपुजाको दिन रिलिज हुनेछ ।