कल्पना मिसेस नेपाल एलिगेन्स

काठमाडौं । दाङकी कल्पना श्रेष्ठ (रोयल)ले आफ्ना ११ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिसेस नेपाल एलिगेन्स–२०१८’को उपाधि जितेकी छिन् । ¥याम्प जोनद्वारा राजधानीको जमलस्थित नाचघरमा आयोजित प्रतियोगितामा कल्पनाले शिर्ष उपाधिसहित पाँच हजार रुपैयाँ, तीन महिनाको व्युटिसयन कोर्ष, जुम्बा कोर्ष र अन्य उपहार पाईन् । यस्तै उनले पोजेटिभ एटिच्युटको उपाधि पनि जितिन् ।

प्रतियोगितामा काठमाडौंकी सविना महर्जन मिसेस फोटोजेनिकसहित फस्ट रनरअप र जनकपुरकी लक्ष्मी शर्मा सेकेन्ड रनरअप भए । सो प्रतियोगितामा कुमारी गुरुङ मोस्ट पपुलर, भिवर्स च्वाईस र बेस्ट फिटनेश, रुमा शाक्य बेस्ट क्याटवाक र बेस्ट पर्सनालिटी, गृष्मा प्रधान बेस्ट स्माईल अवार्ड बिजेता बन्न सफल भए । यस्तै शोभा श्रेष्ठ मोस्ट फ्रेन्डली, बिना गुरुङ सिवाकोटी बेस्ट हेयर, मानमती कार्की मोस्ट डिसिप्लेन, मञ्जु क्षत्री मोस्ट व्युटीफुल र मन्दिरा केसी बेस्ट स्किनसँगै मोस्ट ट्यालेन्ट घोषित भए ।

¥याम्प जोनकी प्रबन्ध निर्देशक रमी श्रेष्ठ बज्राचार्यले महिलाहरुको व्यक्तित्व विकाससँगै प्रतिभा प्रस्तुतिकोलागि यो प्रतियोगिता आयोजना गरिएको बताईन् । यो प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरेका थिए ।

मिसेस नेपाल एलिगेन्सका निर्णायकमा पत्रकार डब्बु क्षत्री, संगीतकार, पत्रकार सरोज प्याकुरेल, अभिनेत्री एवम् नेपाल चलचित्र कलाकार संघकी उपाध्यक्ष रेजिना उप्रेती, फेशन डिजाईनर तथा लन्डन फेशन हाउसकी अध्यक्ष मनिषा डँगोल श्रेष्ठ र मिसेस नेपाल ग्रान्डकी उप बिजेता एलिना ध्वजु सुवेदी थिए ।