मंसीरमा आउँदै रणवीर

काठमाडौं । फिल्म ‘रणवीर’ आउदो मंसीर १४ मा रिलिज हुने भएको छ । एक्सन, सस्पेन्स र थ्रिल मिश्रित फिल्मको छायाँकनको लागि दुई गीत मात्र बाँकी रहेर अन्य पोष्टप्रोडक्सनको काम भइरहँदा निर्माण पक्षले रिलिज मिति सार्वजनिक गरेको हो ।

फिल्ममा शिर्ष भूमिकामा सुशील सिटौला रहेका छन् । उनले फिल्मकै लागि आफ्नो शरीरमा बदलाव समेत ल्याएका छन् । सुशीलसँगै फिल्ममा प्रशान्त ताम्राकार, हरिहर शर्मा, नरेश पौड्याल, टिका पहाडी, रवी गिरी, जीवन भट्टराई, बसन्ती भट्टलगायतको अभिनय छ । फिल्ममार्फत शुभेच्छा खड्का र सुपुश्पा भट्ट फिल्मनगरीमा डेब्यु गर्दैछन ।

निर्देशक गोविन्दसिंह भण्डारीले फिल्मले शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई प्रस्तुत गर्ने बताए । फिल्ममा दिपेन्द्र रेग्मी र गोमा विष्टको लगानी छ । महेश पौडेलको छायाँकन रहेकोमा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहनेछ । गम्भिर विष्ट र सुरेन बसेल फिल्मको कोरियोग्राफर रहेका छन् ।