प्रेम र एक्सनमा कस्मिक लभ

काठमाडौं । प्रेम र एक्सन जनरामा नयाँ फिल्म ‘कस्मिक लभ’ बन्ने भएको छ । फिल्मका लागि प्रशान्त ताम्राकार, अर्पण थापा र दिया मास्के फाइनल भइसकेका छन् । जय गौतमले निर्माण गर्ने फिल्म मुभी मेकर्सको ब्यानरमा सुरज प्रधानको प्रस्तुति हुनेछ ।

फिल्मका निर्देशक शंकर अधिकारीका अनुसार फिल्मका लागि अन्य कलाकार फाइनल हुन बाँकी छन् । असारको १ गतेबाट छायांकन सुरु हुने फिल्ममा सुरेश बज्राचार्यको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, शेखर ज्ञावालीको कथा र बाबु साहेबको द्वन्द्व रहने छ।