मलिनाको प्रेममा यस्तो ट्वीष्ट

काठमाडौं । पूर्व मिस नेपाल तथा नायिका मलिना जोशीको वास्तविक प्रेममा ट्वीस्ट आएको समाचार सञ्चारमाध्यममा यसअघि नआएका होइनन् । नायक अनुपविक्रम शाहीसँगको रोमान्समा रहेकी उनी उनको रोमान्समा ब्रेक लगाएर यतिबेला अर्का नायक मनिषसुन्दर श्रेष्ठसँग डेटमा रहेको खबर पनि केही समय अघि आएको थियो ।

अहिले यिनै मलिना मनिषसँगको प्रेमबाट पीडित बनेकी छन् । तर मनिषसँगको प्रेमबाट पीडित बनेको कुरा वास्तविक भने होइन् । आगामी असार ८ गते रिलिज हुने फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’मा रोमान्टिक जोडी बनेका मलिना र मनिषको प्रेममा भने यही फिल्ममा ट्वीटस्ट आएको छ । फिल्मको बिहीबार सार्वजनिक ट्रेलरमा शुरुमा मनिषसँग रोमान्समा रहेकी मलिना पछि मनिषकै कारण प्रेममा पीडित बनेको देखाइएको छ । तर वास्तविकता के हो भन्ने थाहा पाउन दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ ।

विकास बस्यालको कथा र निर्देशनमा बनेको फिल्ममा स्वरुपपुरुष ढकाल, रवि गिरी, विश्व बस्नेत, रुपा राना, गोपाल ढकाल, तमन्ना केसी, गीता अधिकारी, धिरज सुनार, विनिता ओली र वर्षा शिवाकोटीको अभिनय छ ।

बीएण्डबी फिल्मस्को व्यानरमा बनेको फिल्ममा मदन दवाडी, डालचन्द्र दवाडी, हरिप्रसाद अधिकारी निर्माता, प्रकाश बास्कोटा कार्यकारी निर्माता र विना कार्की सहनिर्माता छन् । फिल्ममा माधव शर्मा घिमिरेको पटकथा र संवाद, रोशन श्रेष्ठको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन र रामशरण उप्रेतीको छायांकन छ ।