सिर्जनाको गीतमा दर्शकको चासो

काठमाडौं । गायिका सिर्जना गुरुङको स्वरमा रहेको ‘किन दुःख मान्छौ’ शीर्षकको गीतको भिडियोले यूट्युबमा अपलोड भएको छोटो समयमै दर्शकको मन जितेको छ । गायक तथा संगीतकार बिपि वाग्लेको शब्द तथा संगीत रहेको गीतमा विष्णु अधिकारीको शब्द संयोजन छ ।

युवराज वाइवाद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री रीमा विश्वकर्मा तथा दीपक काफ्लेले अभिनय गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

अघिल्लो वर्ष ‘मेरो एल्बम’ शीर्षकको डेब्यू एल्बम सार्वजनिक गरेकी सिर्जनाले यसअघि सार्वजनिक गरेको ‘खुशी छ यो मन’ गीतको म्युजिक भिडियो पनि दर्शकमाझ लोकप्रिय भैसकेको छ । मेरो एल्बममा किन दुःख मान्छौ तथा खुशी छ यो मनसहित फरिया र गुन्यूचोली, न रुन समाय पाए“, वैंस मेरो फूलेका, राजकुमार जिन्दगीको, तिम्रो कोमल आ“खाको शीर्षकका गीतहरु समावेश छन् ।