अनु टाढिँदा पीडामा युवराज

काठमाडौं । सुगमसँगै पाश्र्व गायनमा पनि चर्चामा रहेका गायक युवराज चौलागाईँको आधुनिक गीत ‘तिमी टाढा भयौ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । युवराज र अनु शाहले फिचरिङ गरेको भिडियोमा युवराजको पीडालाई प्रस्तुत गरिएको छ ।

युवराजकै संगीत रहेको गीतमा पूजा शाहको शब्द छ । राजन इसानको एरेन्जमा तयार भएको गितको भिडियोमा निसान भट्टराईको सम्पादन छ । भिडियोमा विशाल भण्डारीको निर्देशन छ ।