दिलवाले खिचिएको ठाउँमा विजयको याद

काठमाडौं । बलिउडका बादशाहका रुपमा परिचित अभिनेता शाहरुख खानको फिल्म ‘दिलवाले’को चर्चित गीत ‘गेरुवा’ छायांकन गरिएको आइसल्याण्डमा गायक विजय घिमिरे(भिजे) र जनक राईको स्वरमा रहेको गीत ‘याद’को छायांकन गरिएको छ ।

गीतमा शब्द र संगीत गायक भिजेकै रहेको छ । लामो समय देखि लन्डनमा बस्दै आएका भिजे त्यही बसेर गीत संगीतमा सक्रिय छन् । गीत लेखन निर्देशन र संगीत गर्दै आइरहेका उनि कभर गीतबाट चिनिएका छन् ।

जनक राईले नै निर्देशन गरेको भिडियोमा ड्रोन अपरेटरको रुपमा अर्तुर पलाता र योसेफ बिवाल्डले काम गरेका छन । भिडियोलाई डाइमण्ड स्टुडीयोले तयार पारेको हो ।