एलिशाको मखमली चोलीमा पुष्पको प्रेम

काठमाडौं । गीतकार अम्बिका गुरुङको नयाँ गीत ‘मखमली चोली’ सार्वजनिक भएको छ । सुमन केसी र मेलिना राईको स्वरमा सजिएको गीतको भिडियोमा पुष्प खड्का र एलिशा राईको अभिनय छ । गीतकार गुरुङकै युट्युब च्यानल भाव सागर इन्टरटेन्टमेन्टबाट गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा राजन खतिवडाको संगीत छ ।

गीतकार गुरुङले एक गाउँले परिवेशको सुन्दर युवतीको मखमली चोली देखेर एक युवा आकर्षित भएको कुरालाई गीतको मध्यमबाट उतारिएको बताइन् । गुरुङ यस वर्ष गीतकार संघले छानेको उत्कृष्ट गीतकारको टप १० सुचिमा परेकी छिन्।

शान थापा निर्देशित भिडियोमा निकै सुन्दर लोकेशनमा खिचिएको छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन गरेका छन् । श्याम स्वेत रसाइलीले मिक्सिङ गरेको गीतको एरेन्जर फडिन्द्र राई हुन् ।