जन्मदिनमा शान्तिप्रियको दुरी चल्यो

काठमाडौं । गीतकार, चलचित्र पत्रकार एवं कवि शान्तिप्रियले आफ्नो जन्मदिनको अवसर पारेर उनको ‘अधर’एल्बममा समावेश ‘उनको मेरो दुरी चल्यो’बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । मायाका, प्रेमपिडाका एवम् समर्पणका भावलाई समेटिएको गीतको भिडियोमा सुशान्त कार्की, अनामिका चौलागाई र रश्मी रोदनले फिचरिङ गरेका छन् ।

गीतमा दीपक शर्माको संगीत र राज सिग्देलको स्वर छ । भिडियोलाई शान्तिप्रियले नै निर्देशन गरेका हुन् । गीतको छायांकार एवं सम्पादक माधवराज खरेल हुन् भने रंग संयोजन विरेन्द्र भाट ‘विपिन’ले गरेका छन् ।

एक अर्काप्रति समर्पित प्रेममय जोडीमा सानो विछोड वा दुरी पनि कति पिडादायी हुन्छ भन्ने कुरा गीतले बोलेको प्रियले बताए । गीतलाई छायाँछवि क्रियशनले निर्माण गरेको हो ।