नयाँवानेश्वरमा कोरियाली ‘लेट मि इन’

काठमाडौ । सौन्दर्य सेवामा स्थापित दक्षिण कोरियाको ‘लेट मि इन’ले काठमाडौको नयाँवानेश्वरमा शुक्रबारबाट आफ्नो सेवा सुरु गरेको छ । छालासम्बन्धी विभिन्न समस्याको सेवा तथा उपचार गर्ने उद्देश्यका साथ ‘लेट मि इन कोरियन एथिक्स्’ नामक ब्युटी क्लिन स्थापना गर्दै सेवा शुरु गरेको हो । नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क योङ सिक, पूर्व मिस नेपाल माल्भिका सुब्बा र बैंकर रविना देशराज श्रेष्ठले क्लिनको शुभारम्भ गरे ।

क्लिनिकका प्रबन्ध निर्देशक डोङ सोमाले ‘लेट मि इन’ले छालामा देखिने समस्याहरु डण्डिफोर, चाँया, फेसियल, छालाको दाग हटाउने, कोठी हटाउने, टाटु हटाउने ,अनुहारको फोहोर हटाउने लगायतका सेवा दिने बताए । उनले कोरियामा उत्पादन हुने सौन्दर्यका सामान र  प्रविधि कोरियासँगै नेपालमा पनि अपग्रेट गर्ने जनाए ।

पूर्व मिस नेपाल सुब्बाले कोरियन सौन्दर्य प्रविधि विश्वका अन्य प्रविधि भन्दा स्तरीय हुने बताइन् । आफूले कोरिया ब्राण्डका सौन्दर्य सामाग्री प्रयोग गर्ने गरेको खुलाइन् । कार्यक्रममा ‘लेट मि इन’मा चाउरिएका छाला, चाँया लगायत समस्यको हाइड्रो साइनिङ इन्जेक्सन सेवाबाट पनि उपचार हुने जानकारी दिँदै थेरापीबाट सौन्दर्यको उपचार प्रविधिसमेत नेपाल जनाइएको छ ।