बोल माया सुन्दा प्रकाशकी श्रीमति भावुक

काठमाडौं । गायक प्रकाश सपुतको ‘बोल माया’ अहिले युट्युबमा सर्वाधिक हिट छ । राम्रो सपना साँचेर विदेशमा गएका एक युवाको विदेशमै निधन भएपछि उनको परिवारले पाउने पीडालाई प्रस्तुत गरेको भिडियोसँगै गायक सपुत पनि हिट भएका छन् ।

गायक प्रकाशले यो गीतको म्युजिक भिडियोको निर्माणको समयताका श्रीमतीलाई कथा, आफ्नो भूमिका, गीतका शब्द सबै सुनाएका थिए । यो सुन्दा उनकी श्रीमति पनि भावुक बनेकी थिइन् ।

प्रकाश सपुत रेडियो पत्रकारिता हुँदै यस क्षेत्रमा प्रवेश गरेका हुन् । रेडियोमा पत्रकारिता गर्ने समयमा भेट भएकी बिना बोहोरासंग उनले प्रेमविवाह गरेका हुन् । उनीहरुकी छोरीसमेत छिन् ।

प्रकाश सपुतले आफूले कुनै गीत बनाउँदा आफ्नो सोंच, गीतका शब्द तथा म्युजिक भिडियोको परिकल्पनाबारे श्रीमतीलाई पहिल्यै बताउने गर्छन् र उनीबाट सुझाव समेत लिने गर्छन् ।