शिल्पा र पृथ्वीको मायामा बियर परेपछि

काठमाडौं । आगामी असार २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘वीराङ्गना’को दोस्रो गीत ‘तिम्रो हाम्रो मायामा बियर परेपछि’ सार्वजनिक भएको छ । गीतमा नायिका शिल्पा पोखरेल र नायक पृथ्वीराज प्रसाईंले फिचरिङ गरेका छन् ।

दिपक शर्माको संगीत र रघु परियारको शब्द रहेको गीतमा कृष्ण काफ्ले र रेश्मा पुनको स्वर छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतमा रामेश्वर कार्कीको छायांकन छ । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । सुमी चामलिङ राई फिल्ममा सह–निर्माता छिन् ।

फिल्ममा अनुपविक्रम शाही, प्रज्वल गिरी, प्रिया रिजाल, धिरेन शाक्य, सुशील पोखरेल, कृष्ण शिवाकोटी, ध्रुव कोइराला, अंशु थापा, अमृत सापकोटालगायतको अभिनय छ । फिल्ममा कविराजगहतराजको नृत्य, श्री श्रेष्ठको द्वन्द्व छ ।