नम्रतालाई लाग्यो चि मुसी चि

काठमाडौ । आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘चि मुसी चि’को शिर्ष गीत रिलिज सार्वजनिक भएको छ । मंगलवार यूट्युब मार्फत उक्त गीत रिलीज गरिएको हो ।

सन्तोष पोखरेलका शब्द र करणराज कार्की संगीत रहेको गीतमा सुजाता पाण्डेको स्वर छ । गीतको भिडियोमा नायिका नम्रता सापकोटाले फिचरिङ गरेकी छन् । गीतमा फिल्मका प्रमुख कलाकार सुनिल क्षेत्री र अलिशा तथा शिवराज शर्मा पनि देख्न सकिन्छ । गीतको कोरियोग्राफर विक्रम स्वाँर हुन् ।

म्यूजिकल थ्रिलर जनरामा निर्मित फिल्ममा दिनेश श्रेष्ठको निर्देशन छ । अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

फिल्ममा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज शर्मा, शेखर अधिकारी, कमली वाइवालगायतका कलाकारले अभिनय गरेका छन् । सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।