नारायणको अँगालोमा बाँधिए अभिषेक–लिशा

काठमाडौं । गायक नारायण धितालको नयाँ एल्बम ‘जय मायाप्रेम’मा समेटिएको गीत ‘अँगालोमा बाँधी’को नयाँ भिडियो सार्वजनिक भएको छ । गीतमा गायक धितालसँगै भारतीय गायिका संजीवनीको पनि स्वर छ । गीतमा न्रिपेश उप्रेतीको शब्द र शिखर आर सन्तोषको संगीत छ ।

स्कटल्यान्डको सुन्दर स्थानमा छायांकन गरिएको गीतमा अभिषेक थापा र लिशा सुनारले फिचरिङ गरेका छन् । मोहन कार्कीको कोरियोग्राफी र फौस्तास तलक्काको छायांकन रहेको भिडियोमा दिपेश रेग्मीको निर्देशन तथा सम्पादन छ ।