स्वस्तिमाको जवानी उम्लिदा नाँचे सलोन

काठमाडौं । आगामी दशैंको फूलपातीमा रिलिज हुने फिल्म ‘जय भोले’ पहिलो गीत ‘उम्लियो भने पोखिन्छ’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको शब्द, संगीत र स्वरमा रहेको गीतमा राजनराजलाई स्वरमा गायिका मेलिना राईले साथ दिएकी छन् ।

बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, सौगात मल्ल, बुद्धि तामाङ, सलोन बस्नेत, राजाराम पौडेल र जयनन्द लामाले अभिनय गरेका छन् । फिल्ममा बसुन्धरा भुषाल, लक्ष्मी गिरी, सुरवीर पण्डित, शारदा गिरी, रामचन्द्र अधिकारी, किशोर भण्डारी र सुरेन्द्र केसीलाई पनि देख्न सकिन्छ ।

किरण शर्मा, कृति शर्मा र अंकित शर्मा निर्माता रहेको फिल्ममा खगेन्द्र लामिछानेको लेखन, पुरुषोत्तम प्रधानको छायांकन र राजु ढुंगानाको सम्पादन छ ।