ब्युटी हेरिटेजमा सेलिब्रेटीको कैची

काठमाडौं । रंगकर्मी तथा फेसन डिजाइनर नीता थापाले ब्यूटी हेरिटेज सञ्चालन शुरु गरेकी छन् । राजधानीमा गत शुक्रबार पूर्वमन्त्री प्रभु शाह, अभिनेता नरेन खड्का, बलिउड सेलिव्रेटी फेसन डिजाइनर विशाल कपूर र व्यूटिशियन कमला श्रेष्ठले कैचीले रिवन काटेर शुभारम्भ गरे ।

सञ्चालिका नीताले आफू बाल्यकालदेखि नै फेसन डिजाइनर र व्यूटिशियन बन्ने चाहना रहेको बताउँदै आफ्नो ब्युटी हेरिटेजमा ती सेवा उपलब्ध हुने बताइन् । ब्युटी हेरिटेज राजधानीको सेता पूलबाट मैतीदेवीतर्फ अगाडि बढ्दा बाटोमा भेटिने राष्ट्रिय बाणिज्य बैंकको अगाडि अवस्थित छ ।

कार्यक्रममा अभिनेता नरेन, ब्युटीसियन कमलालगायतले नीताको कामको सफलताको कामना गर्दै व्यवसाय फस्टाउनेमा आफूहरु आशावादी रहेको जनाए ।