पन्चेबाजामा अनु–विकासको रोदन

काठमाडौं । गायक कमल ज्ञवालीको नयाँ गीत ‘पन्चेबाजा’ को भिडियो सार्वजनिक भएको छ । लोक शैलीको गीतमा अनु शाह, बिकास लामिछाने, यशराज र रबिनाले फिचरिङ गरेका छन् ।

मौलिक पन्चेबाजा र माया प्रेमको विषयमा तयार पारिएको भिडियोमा निर्देशक समन अधिकारीको एक्सनकट छ । कमल ज्ञवाली र देबी घर्तिको स्वर र ज्ञवालीकै शब्द तथा संगीत सुन्न सकिन्छ गीतको एरेन्ज आशिस अबिरालले गरेका हुन् । गीतमा निर्माण भने भेष नारायण गुरुङले गरेका छन् ।

गायक ज्ञवाली हाल क्यानडामा बस्दै आएका छन् । गीतमा रामेश्वर कार्कीको छायांकन, रोचक थापाको कोरियोग्राफी र सुप्रिम पराजुलीको सम्पादन छ ।