२०१७ मा सलमानदेखि परिणितिसम्म फ्लप !

मुम्बई(एजेन्सी) । सन् २०१७ मा ठूला व्यानरका धेरै फिल्म बक्स अफिसमा असफल बने । बलिउडका स्टार शाहरुख खान र सलमान खान जस्ता ए ग्रेडका कलाकारको फिल्म पनि धरासयी बन्यो । सलमानको फिल्म ‘ट्युबलाइट’ होस या शाहरुखको फिल्म ‘जब हैरी मेट सेजल’, दुवै फिल्म व्यावसायिक रुपमा असफल नै बन्यो । कुन ठूला स्टारको फिल्म कति बजेटमा बनेको थियो र त्यसले कति कमाई ग¥यो त्यो थाहा पाऔं ।

सलमान खान
सन् २०१७ को पहिलो हाफमा रिलिज सलमान खानको फिल्म ‘ट्युबलाइट’ प्रति उनका फ्यान र फिल्मकर्मीको ठूलो विश्वास थियो । तर त्यो विश्वास लामो समय टिकेन । सय करोडमा बनेको फिल्मले २ सय करोड कलेक्सन गर्ने आशा गरिएको थियो । तर यो फिल्मले सलमानकै फिल्म हो भनेर कमाल गर्न सकेन । दुई सय करोडको अपेक्षा गरिएको फिल्मले १ सय १० दशमलब ७ करोडमै चित्त बुझाउनु प¥यो । यो फिल्म पछि सलमानले घाटा व्यहोरेका वितरकलाई पैसा नै फिर्ता गरिदिनुपरेको थियो । यो सालको अन्त्यमा रिलिज फिल्म ‘टाइगर जिन्दा है’ले उनलाई धेरै राहत दियो ।

शाहरुख खान
शाहरुख खान र अनुष्का शर्मा स्टारर फिल्म ‘जब हैरी मेट सेजल’ फिल्मको निर्देशन इम्तियाज अलीले गरेका थिए । ८० करोड बजेटमा बनेको यो फिल्मले ६४ दशमलब ३५ करोड मात्र कमाउन सक्यो ।

श्रद्धा कपुर र आदित्य रोय कपुर अभिनित फिल्म ‘ओके जानू’को हालत झन खराब देखियो । २७ करोडमा बनेको यो फिल्मले २३ दशमलब ६० करोड मात्र कलेक्सन ग¥यो । रितेश देशमुख, विवेक ओबराय र रिहा चक्रवर्ती अभिनित फिल्म ‘बैंक चोर’ केबल १५ करोडमा मात्र बनेको थियो । तर पनि यो फिल्मले लगानी उठान सकेन । फिल्मले केबल ७ दशमलब ३० करोड रुपैंयाँ मात्र उठायो ।

सुशान्त सिंह राजपुत र कृति सेनन अभिनित फिल्म ‘राब्ता’ ३२ करोड बजेटमा बने पनि फिलमले २५ दशमलब ५२ करोड मात्र जम्मा गर्न सक्यो । रणवीर कपुर र क्याट्रिना कैफ अभिनित फिल्म ‘जग्गा जासुस’को हालत उस्तै भयो । १ सय ३१ करोडको बजेटमा बनेको यो फिल्मले जम्मा ६९ करोड मात्र कलेक्सन गर्यो ।

साहिद कपुर, सैफ अली खान र कंगना रनावत अभिनित फिल्म ‘रंगून’ ६१ करोडको बजेटमा बनेको थियो । तर फिल्मले बक्स अफिसमा २८ दशमलब ८ करोड मात्र सुरक्षित ग¥यो । जावेद अख्तर अभिनित फिल्म ‘लखनऊ सेन्ट्रल’ ३२ करोडको बजेटमा बने पनि फिल्मको व्यापार ११ दशमलब २० करोडमा मात्र सीमित रह्यो । कंगना रनावत अभिनित फिल्म ‘सिमरन’ २८ करोडमा बनेपनि यसले बक्स अफिसमा १५ दशमलब ४८ करोड मात्र कमायो । नायिका परिणिती चोपडा अभिनित फिल्म ‘मेरी प्यारी बिन्दु’ २२ करोडमा बने पनि यसको कलेक्सन केबल १४ दशमलब २३ करोड मात्र रह्यो ।