गुगल भन्छ,‘सलमान खराब कलाकार’

मुम्बई(एजेन्सी) । हरेक वर्षको इदमा केही धमाल गर्ने बलिउड अभिनेता सलमान खानलाई यो वर्षको इद पनि नयाँ होइन् । उनको फिल्म ‘रेस ३’ इदको मौकामा बक्स अफिसमा छाइरहेको छ । जहाँ फिल्मले पहिलो दिनमै २९ करोड कमाउँदा तीन दिनमा फिल्मले सय करोडको आँकडा छोइसकेको छ ।

फिल्मले सय करोडको आँकडा छोए पनि सामाजिक सञ्जालमा फिल्मको संवाद र एक्सन सिक्वेन्सलाई मजाकको विषय बनाइएको छ । यही मामलामा गुगलले सलमानलाई बलिउडकै खराब कलाकारका रुपमा उपमा दिएको छ ।

गुगलमा ‘वस्र्ट बलिउड एक्टर’ लेख्दा सलमान खानलाई देखाएको छ । जुन जवाफको स्क्रिनसट सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।  यो जवाफ भाइरल भएपछि एक प्रयोगकर्ताले आफूलाई यो कुरा पहिले नै थाहा भए पनि अहिले आएर गुगलले पुष्टि गरेको उल्लेख गरेका छन् ।