नम्रताको स्वभावमा मख्ख दीपक

काठमाडौं । गायक दीपक बराईलीले ‘साह्रै राम्रो स्वभाव’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । मधु साश्रीको शब्द र प्रविन बराईको संगीत गीतको भिडियोमा गायक दीपक र मोडल तथा नायिका नम्रता सापकोटाको क्यामेष्ट्री देख्न सकिन्छ ।

‘दर्शक श्रोतालाई पक्कै मन पर्नेछ, आशा लिएको छु, साथै जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहुन अनुरोध गर्छु’, दीपकले भने । भिडियोमा दीपकले नम्रताको स्वभाव राम्रो लागेको बताएका छन् । गीतको भिडियो फराज अर्पले छायांकन, निर्देशक तथा सम्पादन गरेका हुन् ।