समाचारवाचकको गीतमा रोमान्टिक रिमा

काठमाडौं । रेडियो नेपालका अंग्रेजी समाचारवाचक तथा गायक महेन्द्र रायमाझीको नयाँ गीत ‘हेर यी आँखामा’ सार्वजनिक भएको छ । युवा गीतकार डिपी खनालको शब्द रचनाको गीतलाई युवा संगीतकार शंकर थापा स्माइलले संगीतबद्ध गरेका हुन् । गीतमा विश्व अधिकारीको संगीत संयोजन छ ।

युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल रीमा विश्वकर्मा तथा नयाँ कलाकार मिलन खड्काले उत्कृष्ट अभिनय गरेका छन् । भिडियोमा रीमा र मिलनको जोडी आकर्षक देखिएको छ ।

भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरे यो भिडियोका सम्पादक हुन । उक्त गीतको अडियो तथा भिडियोलाई डश म्युजिक प्रालिले प्रस्तुत गरेको हो ।