डीआरको एकसाथ अतिरिक्त र प्रणय

काठमाडौ । साहित्यकार डाक्टर डीआर उपाध्यायको उपन्यास ‘अतिरिक्त’ र एल्बम ‘प्रणय’ एकसाथ सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटा, गायक प्रेमध्वज प्रधान, प्राध्यापक दिपक जंगम, गीतकार दिनेश अधिकारी, संगीतकार बुलु मुकारुङ, कानुनविद् तथा गीतकार डाक्टर भीमार्जुन आचार्य, सांसदहरु रामेश्वर राय यादव, सरिता गिरि, इन्दु शर्मालगायतले एल्बम विमोचन गरेका थिए ।

एल्बममा कसले भन्छ, तिमि बिना, आउ नआउ, आफ्नै छायाँले, हाम्रो मधुर मिलन र चौबन्दी चोलीलगायतका गीत छन् । एल्बममा सागर अधिकारी ‘शरद’को सोलो संगीत छ । एल्बममा संगीतकार सागरसँगै सत्यराज आचार्य, स्वरूपराज आचार्य, प्रमोद खरेल, रामचन्द्र काफ्ले, मेलिना राई, मिलन अमात्य, सुरेश लामाको स्वर छ ।

डिआरले अतिरिक्त उपन्यास अगाडी नै अपवित्र छायाँ, विटुली, भाग्यचक्र, स्वार्थी, त्यागी र बज्रघातलाई प्रकाशित गरिसकेका छन् । एल्बममा समावेश पहिलो नम्बरको गीत कसले भन्छको भिडियो तयार गरिएको छ जसलाई प्रशन्न पौडेलले निर्देशन गरेका छन् भने यसमा स्वयम् गीतकार डिआर देखिएका छन् । उनलाई अनु शाहले मोडलिङमा साथ दिएकी छिन । गीतलाई बिदुर पाण्डेले खिचेका हुन् भने यसलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।