उज्यालोको पर्खाईमा बोबीका उमेश

काठमाडौं । उमेश थापा र कविता गुरुङको वास्तविक प्रेमकथामा निर्माण भएको फिल्म ‘बोबी’को ट्रेलर सार्वजनिक भएको छ । उमेश र कविता नै शीर्ष भूमिकामा अभिनय गरेको फिल्ममा मिलन चाम्सको निर्माण तथा निर्देशन छ । फिल्म असार २९ बाट अल नेपाल रिलिज हुँदैछ ।

उमेश र कविताबीचको प्रेम, रोमान्स, विछोड देखाइएको ट्रेलरले उनीहरुको प्रेम जीवनमा आउने उचारचढावलाई प्रस्तुत गरेको छ ।  उमेश र कविताका अलावा फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ । उमेश र कविता नर्वेमा बस्ने गैर आवासीय नेपाली हुन् ।

नरेश भट्टराईले लेखेको फिल्मको प्रिमियर केही समय अघि नर्वेको ओस्लोमा भइसकेको छ । चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको ‘बोबी’ मा ताराप्रकाश लिम्बुको संगीत, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जीसीको सम्पादन छ ।