महंगो मूल्यमा अनमोल क्याप्सको ब्राण्ड एम्बासेडर

काठमाडौं । अभिनेता अनमोल केसी महंगो मूल्यमा ‘क्याप्स’ ब्राण्ड लुगाको एम्बासेडर बनेका छन् । एक वर्षको सम्झौतामा अनमोलले १५ लाख बढी पारिश्रमिकमा यो ब्राण्डसँग अनुबन्धित भएका हुन् । तर कम्पनीले अनमोलले कति पारिश्रमिक लिएको हो भन्ने केही खुलाएको छैन ।

होम प्रोडक्सनको फिल्म ‘क्याप्टेन’को सुटिङमै पुगेर शनिबार मात्रै ‘क्याप्स’ ब्राण्डको तर्फबाट गौतम बैश्य र अनमोलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । गौतमले पछिल्लो क्रमको अग्रपंक्तिको अभिनेता भन्दै अनमोललाई आफ्नो ब्राण्ड प्रवर्धकको रुपमा अनुबन्धन गराएको बताए । आकर्षक लुक्सका धनी अनि सर्वाधिक फ्यान फलोइङ भएका स्टार भएकै कारण आफ्नो ब्राण्डप्रति ग्राहक आकर्षणको लागी अनमोल पहिलो रोजाइ बनेको गौतमको भनाइ छ ।

क्याप्सको काठमाडौं सहितनेपालगञ्ज, पोखरा, बुटवल, धरान, बिराटनगर, इटहरी, जनकपुर लगायत देशका ५० बढि स्टोरहरुमा आफुलाइ उपलब्ध गराइसकेको बजार प्रवन्धक दीपक नेपालीले बताए ।