विद्यार्थीलाई बाबुकान्छा सलोनको उपहार

काठमाडौं । आगामी असार २९ गतेबाट अल नेपाल रिलिज हुने फिल्म ‘बाबुकान्छा’को रिलिज मिति नजिकिँदै जाँदा फिल्म युनिट प्रचारप्रसारमा जुटेको छ । फिल्म युनिटले मंगलबार बिहान राजधानीका दुई कलेजहरु हिमालयन र क्यारिबियन पुगेर त्यहाँ अध्ययनरत विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै फिल्म हेर्न आग्रह गरे ।

निर्देशक शोभित बस्नेत, नायक सलोन बस्नेत, नायिका करिष्मा श्रेष्ठ, अभिनेता सरोज खनाललगायतको टोलीले कलेजको भ्रमण गरेका थिए । कार्यक्रममा नायक सलोन बस्नेत, नायिका करिष्मा श्रेष्ठलगायतले विद्यार्थीलाई उपहार पनि प्रदान गरेका थिए ।

फिल्मका निर्देशक शोभितका अनुसार राजधानीको प्रचारपछि फिल्म युनिट चाँडै नै मोफसल यात्रामा पनि निस्कनेछ । प्रेम, कमेडी र एक्सनले भरिपूर्ण फिल्ममा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ तथा बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यु गरेका छन् ।