इन्टु धिरजको प्रेममा मिन्टु साम्राज्ञी

काठमाडौं । आगामी असोज ५ लाई रिलिज मिति तोकिएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को अफिसियल टिजर सार्वजनिक भएको छ । राजधानीमा बिहीबार पत्रकार र फिल्म युनिटमाझ टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा इन्टु पात्र अर्थात नवनायक धिरज मगरको प्रेममा मिन्टु अर्थात नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह डुबेको देख्न सकिन्छ । टिजरमा इन्टु र मिन्टु दुवैले प्रेममा उब्जेका भावनालाई मनले व्यक्त गरेको देखाइएको छ ।

नेपाल र बेलायतमा छायांकन गरिएको फिल्ममा रेनेशा वान्तवा राईको डेब्यु निर्देशन छ । फिल्ममा सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुषण पाठक, रुवी राना, विवेक लिम्बु, सुनिता ठाकुरलगायतको अभिनय छ ।  प्रज्जवल शमशेर जबरा र प्रभु शमशेर जबराको लगानी रहेको फिल्ममा रेनेशा र प्रज्जवलको कथा, अभिमन्यु दिक्षित र रेनेशाको पटकथा तथा आभाष कर्माचार्य र रेनेशाको संवाद तथा सैलेन्द्र डी कार्कीको छायांकन छ ।