हलमा सोलो ए सोल्टिनी

काठमाडौं । यो साता अर्थात शुक्रबारबाट फिल्म ‘ए सोल्टिनी’ सोलो रिलिज हुँदैछ । निमा तामाङ लामाको निर्देशनमा दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतको अभिनय छ ।

जिम्बा फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म बिश्वास भण्डारीले खिचेका हुन् । फिल्म निकै रमाइलो बनेकाले दर्शकले मन पराउने बिश्वास निर्माता दिलकुमारको छ । यसअघि थुप्रै तामाङ फिल्म निर्देशन गरेका निमा ए सोल्टिनीले आफूलाई नेपाली फिल्म निर्देशनमा पनि स्थापीत गराउने आशमा छन् ।

फिल्ममा समाबेश झुमताना झुमतान बोलको गीत चर्चामा छ । पूर्णी तामाङको प्रस्तुति रहेको फिल्मलाई आरआर फिल्मस्ले बितरण गरेको छ ।