चक्करको बिहानीको किरणसँगै सार्वजनिक

काठमाडौं । आगामी साउन ४ गतेबाट अल नेपाल रिलिज हुने फिल्म ‘चक्कर’को नयाँ गीत ‘बिहानीको किरणसँगै’ सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गीतमा फिल्ममा समावेश केहि मोन्टाज दृश्यहरु समावेश गरिएको छ ।

गीतमा फिल्मका प्रमुख कलाकारहरु ऋचा शर्मा, अर्पण थापा, एवनराज उप्रेती, सिर्जना सुब्बा, स्मृति पोखरेल, भोलाराज सापकोटाले फिचरिङ गरेका छन् । पुष्प पलाञ्चोकेको स्वर रहेको गीतमा पलाञ्चोके र संगम पन्तको शब्द संगीत छ ।

अनुष्क रौनियारले निर्देशन गरेको फिल्ममा अनुष्ककै सम्पादन छ । नेशनल मिडिया प्रोडक्सन र केटिएम आर्ट्सको ब्यानरमा बनेको फिल्ममा रविन आचार्यको निर्माण तथा छायांकन छ । आगामी शुक्रबार अफिसियल ट्रेलर रिलिज गर्ने तयारी भइरहेको निर्माता आचार्यले बताए ।