अग्नीदहन समूहलाई पोखरामा सम्मान

काठमाडौं । चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र पुरस्कार’ बाट पुरस्कृत फिल्म ‘अग्निदहन’ का निर्देशक घनश्याम लामिछानेसहित फिल्मका कलाकारलाई पोखरामा सम्मान गरिएको छ । चलचित्र पत्रकार संघ कास्की र पोखरा फिल्म सोसाइटीले उनीहरुलाई संयुक्त रुपमा सम्मान गरेको हो ।

सम्मानित निर्देशक लामिछानेले पुरस्कार आफु मात्रै नभई सिंगो पोखराले पाएको बताए । ‘पुरस्कार पाउँदा खुशीको सिमा छैन । खुशी, हौसलासँगै जिम्मेवारी बोधको अनुभव गरेको छु’,उनले भने, ‘यो पुरस्कारसँगै फिल्मको अन्तराष्ट्रिय प्रर्दशन तथा फिल्म फेष्टिभलमा सरकारको सहयोग रहने छ । आशा गरौं फिल्म नेपालको प्रतिनिधित्व गर्दै ओस्कारको लागि छनौटमा पर्नेछ ।’

चलचित्र पत्रकार संघ कास्कीका उपाध्यक्ष राजाराम पौडेलले पोखराबाट निर्माण भएको सामाजिक फिल्म ‘अग्नीदहन’ पुरस्कृत हुनु गौरवको बिषय भएको बताए । पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेश प्रधानले ‘अग्निदहन’ले पाएको सफलताले पोखरामा क्रियाशिल कलाकर्मीहरुको हौसला बढाएको बताए ।

कार्यक्रममा कलाकारहरु प्रमिला तुलाचन, तुलसा जिसि, निर्मल लामिछानेलाई पनि सम्मान गरिएको थियो ।  मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको फिल्म बोक्सी प्रथाको बिषयमा बनेको छ । फिल्म आइतबारदेखि नेपाल सरकारको समन्वयमा ९ जिल्लामा निशुल्क प्रदर्शन हुँदैछ ।