संगमको तिमी करोडमा सानु

काठमाडौ । गायक संगम लिम्बुको शब्द, संगीत र स्वरमा रहेको गीत ‘तिमी करोडमा सानु’को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमी र प्रेमीका बिचको दुरीलाइ देखाइएको छ ।

गीतमा गायक संगम र शान्ति लिम्बुले अभिनय गरेका छन् । गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ तथा संगम लिम्बुको निर्देशन, महेश महराको छायांकन तथा वीरेन्द्रको सम्पादन छ ।