५२ लागे सलमान, जानौं बाल्यकालका रोचक कुरा

मुम्बई(एजेन्सी) । बलिउडका ‘सुल्तान’का रुपमा परिचित अभिनेता सलमान खान बुधबारबाट ५२ वर्षमा प्रवेश गर्दैछन् । फिल्मी करियरमा झण्डै २५ वर्ष बढी बिताइसकेका यी अभिनेताको सोख निकै अचम्म किसिमका छन् । उनका मनपर्ने केही चिज यस्ता छन्, जुन कुरा थाहा पाउँदा तपाईहरु दंग पर्नुहुनेछ । उनका मनपर्ने कुराहरुबारे केही थाहा पाऔं ।

सलमान ग्वालियरको सिन्धिया स्कुलमा पढ्दा गर्मीको बिदामा उनको मनपर्ने गन्तव्य इन्दौर हुन्थ्यो । यो समयमा उनी बढी भन्दा बढी समय साइकल चलाउनमै बिताउँथे । उनी मिलो साइकलन चलाउन शौखिन थिए । उनी छिमेकीको बगैचाबाट आप र जामुन चोर्न पनि खप्पिस थिए । उनी साथीभाईलाई भेला गर्दै उनीहरुलाई उक्साएर बगैचाबाट आप र जामुन चोरेर ल्याउँथे ।

सलमान हरेक कुरामा खतरा उठाउन खप्पिस सलमान पानीसँग भने निकै डराउँथे । त्यसकारण उनले बाल्यकालमा कमै मात्र पौडी खेले । एकदिन उनलाई ठूलो आमाले डोरी बाँधेर छिमेकीको कुवामा फ्याकिदिएकी थिइन् । सलमानले जिन्दगीमा गरेको पहिलो स्विमिङ नै यही थियो । यो घटनापछि उनी प्राय यो कुवामा तैरिनकै लागि पनि जान्थे । कलेजमा पढ्ने युवतीहरु बाइकको शौखिन भइरहँदा सलमान चाहिँ स्कुटरका शौखिन थिए । उनी आफ्नो स्कुटर लिएर हरेक ठाउँमा पुग्थे । उनी गन्नेको रस पिउनकै लागि हरेक दिन गन्नेको रस दोकानमा पुग्थे ।

सलमान आफ्नो गाउँमा जाँदा बयलगाडी निकै चलाउँथे । उनी बलयगाडी चढ्नकै लागि गाउँका कुना काप्चासम्म पुग्थे । उनी गाइ भैसीको दुध पिउन पनि निकै शौखिन थिए । उनी बिग्रिएको बाटो र ढुंगाले बनाइएको बाटोमा बाइक र जीपको स्टन्ट देखाउन खप्पिस थिए । यो रेसिङ स्टन्टमा सहभागिता जनाउँदा उनले एकपटक हात पनि भाँचेका छन् । उनलाई गाडी चलाउन कुनै डर पनि लागेन । उनी तिब्र गतिमा गाडी चलाउथे ।