प्रियंकाको पिडामा बटरफ्लाईका आर्यन

काठमाडौं । आगामी पौष  २८ रिलिज हुन लागेको फिल्म ‘बटरफ्लाइ’को शिर्ष गीत सार्वजनिक भएको छ । फिल्मको शीर्ष गीत स्याड भर्सनको छ । गीतमा बिरामी परेकी नायिका प्रियंका कार्कीलाई बचाउन सहारा खोज्दै हिडिरहेका नायक आर्यन अधिकारीको पिडालाई देख्न सकिन्छ । यसअघि रिलिज फिल्ममा समावेश ‘म गाउँदिन अब गीत गजल’ बोलको गीत युट्युवमा हिट बनिसकेको छ । १० लाख बढिले उक्त गीत हेरिसक्दा निर्माण टिमले नयाँ गीत बाहिर ल्याएको हो ।

स्याड भर्सनको सार्वजनिक शिर्ष गीतमा स्वर युवराज चौलागाईंको छ भने संगीत विकास चौधरीले भरेका छन् । सुरज लामिछानेको शब्द समावेश गीतको सार्वजनिक भिडियो निर्देशन कविराज गहतराजको छ ।ओम प्रतिक गुरुङको लेखन तथा निर्देशक रहेको फिल्ममा आर्यन र प्रियंकासँगै अर्पण थापा, रविन्द्र खड्का, पुरज थापा, सुष्मा कार्की, सुरविर पण्डित, मोहन निरौंला, राम बुढाथोकी र माधव पण्डितको अभिनय छ । फिल्ममा विकाससँगै अर्जुन पोखरेल र दिपक शर्माको संगीत छ ।

सुरेश बज्राचार्यले खिचेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने सरोज शाह र मन्दिल श्रेष्ठ सह निर्माता रहेको फिल्ममा मुख्य निर्मातामा पुष्पाञ्जली अधिकारी रामशरण राना र भुपेन्द्र सुवेदी छन् । अर्जुन जिसी र मन्दिल श्रेष्ठले फिल्म सम्पादनको काम गरेका छन् ।