हुर्रेको ठेकीमा दहीमा बढ्दै दर्शक

काठमाडौं । आगामी फागुन २५ गते रिलिज हुने फिल्म ‘हुर्रे’को गीत ‘ठेकीमा दही’लाई युट्युबमा रुचाउने दर्शकको संख्या दिनानुदिन बढ्दै गएको छ । गत डिसेम्बर १ मा युट्युबमार्फत सार्वजनिक भएको गीतलाई १० लाख बढी दर्शकले हेरेका छन् । डान्सिङ कमेडी फ्लेबरको गीतमा केकी अधिकारी, राजाराम पौडेल र अंकित खड्का फिचरिङ छन् ।

गीतमा केकीले राजाराम र अंकितसँग कम्मर मर्काएकी छन् । बौद्धमा रहेको स्तुपा वरपर खिचिएको गीतमा विक्रम स्वारको कोरियोग्राफी छ । राजनराज शिवाकोटी र मिलन अमात्यको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द र राजनराजको संगीत छ ।

गीतमा राजन इशानको एरेञ्ज छ । यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको फिल्ममा दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको लगानी छ ।