वैशाखमा सुनिलको लाउरे

काठमाडौं । दुर्गिश फिल्मस्को व्यानरमा निर्माण भएको पाँचौं फिल्म ‘लाउरे’ आगामी नयाँ वर्षको वैशाख २८ मा रिलिज हुने भएको छ । विक्रमसिंह थारुको डेब्यु निर्देशन रहेको फिल्ममा सृष्टि श्रेष्ठ, नरेन लिम्बु र मिरुना मगर प्रमुख भूमिकामा छन् । पप गायकको रुपमा चर्चा पाएका नरेन यही फिल्ममार्फत कलाकारको रुपमा फिल्ममा डेब्यु गर्दैछन् ।

फिल्म निर्माण कम्पनी दुर्गिश फिल्मसले नयाँ फिल्मको व्यावसायिक र कलात्मक पाटोले दर्शकलाई मनोरञ्जन दिने विश्वास व्यक्त गरेको छ । ‘सृष्टि, नरेन र मिरुनाको योङस्टर क्रेज हाम्रा लागि प्रभावकारी बन्न सक्छ’ निर्माता रावलले भने, ‘मेरो अहिलेसम्मको फिल्म युवापुस्ता केन्द्रित छ । त्यो क्रेजलाई मैले लाउरेमा पनि छोडेको छैन ।’

फिल्ममा रावल, इश्वर श्रेष्ठ, सुवास लामिछाने र भेषमणि श्रेष्ठले निर्माण गरेका छन् । कार्यकारी निर्माता बुद्धिलाल मगर र वितरक काफिया फिल्मस प्रालि हो । आलोक शुक्लाको छायांकन रहेको फिल्मको पटकथा नेगेटिभ बुद्धले लेखेका हुन् । दुर्गिश फिल्मस्ले यसअघि ‘सायद’, ‘होस्टेल’, ‘होस्टेल रिटन्र्स’ र ‘सायद २’ निर्माण गरिसकेको छ । दुर्गिशले रक गायक एड्रिन प्रधानको डेब्यु एवं मुख्य अभिनय रहने ‘उलन म्यानी’ निर्माणको घोषणा गरिसकेको छ जुन चाँडै छायांकनमा जाने जनाइएको छ ।