आठ लाखले हेरे रुपै मोहनी

काठमाडौं । शुक्रबार सार्वजनिक भएको फिल्म ‘शत्रु गते’ को गीत ‘रुपै मोहनी’ युट्युबमा आएको २४ घण्टा नपुग्दै ट्रेण्डीङ नम्बर २ मा पुगेको छ । लोकराज अधिकारीको शब्द, संगीत टंक बुढाथोकीको संगीत र टंक तथा मिना निरौलाको स्वरमा रहेको गीतलाई २४ घण्टामा ८ लाख १८ हजार ५ सय ३१ पटक हेरिएको छ ।

यस अघि फिल्म ’छक्का पन्जा २’ मा रहेको ’नाइलनको साडीमा’ लाई २४ घण्टामा ८ लाख १६ हजार पटक हेरिएको थियो । कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको ‘रुपै मोहनी’मा दिर्घ गुरुङको छायांकन छ । हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतले गीतमा फिचरिङ गरिएको छ । गीतमा मित्र डी गुरुङको सम्पादन छ ।

डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईको यो फिल्ममा निर्देशन छ । तराई र काठमाडौमा छायांकन गरिएको यस फिल्म चैत्र ९ गते रिलिज हुँदैछ । फिल्मलाई मह सञ्चारले निर्माण गरेको हो ।