पद्मावतीले सर्तसहित पायो रिलिज अनुमति

मुम्बई(एजेन्सी) । बलिउड निर्देशक संजय लीला भंसालीको फिल्म ‘पद्मावती’को प्रतिक्षा गरिरहेका दर्शकका लागि एउटा खुशीको खबर छ । भारतीय फिल्म सेन्सर बोर्डले दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूर अभिनित यो फिल्मलाई ‘यूए’ सर्टिफिकेटका साथ रिलिज गर्न अनुमति दिएको छ ।  भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मको नामसँगै फिल्मका केही दृश्य परिवर्तन पछि फिल्म रिलिज गर्न बोर्ड तयार भएको हा । सेन्सर बोर्डबाट गठित रिभ्यू समितिले फिल्म हेरेपछि सार्वजनिक प्रदर्शनको अनुमति दिएको हो ।

फिल्मलाई बोर्डले २६ कट दिएको छ । बोर्डले फिल्मको नाम ‘पद्माावती’को ठाउँमा ‘पद्मावत’ राख्न सुझाव दिएको छ । गत डिसेम्बर २८ मा बोर्डमा भएको बैठकले फिल्मलाई यूए सर्टिफिकेट दिने र फिल्ममा डिस्क्लेमर राख्न पनि भनेको छ । सेन्सरको विशेष समितिमा उदयपुरका अरविन्द सिंह मेवाड, डा. चन्द्रमणि सिंह, जयपुर विश्वविद्यालयका प्रोफेसर के के सिंह थिए ।

फिल्म चित्तौडगढकी रानी पद्मिनीको कथामा आधारित छ । रानीको शीर्ष भूमिकामा दीपिका पादुकोण छिन् ।यो फिल्मलाई लिएर करणी सेनाले भारतभर विरोध गरेको थियो ।