निप्पोनले ल्याए हे गर्ल

काठमाडौं । अस्ट्रियामा बसोबास गर्दै आएको १२ वर्षे निप्पोन लामाले अंग्रेजी नयाँ बर्षको अवसर पारेर नेपाली गीत ‘हे गर्ल’ सार्वजनिक गरेका छन्। निकै नै परिपक्व आवाजमा १२ बर्षिय गायक निप्पोनको गीत कुनै पनि ब्यबसायिक गायकको भन्दा कम सुनिदैन र उनको प्रस्तुति पनि उत्तिकै निखारिएको लाग्छ।

निप्पोनको गीतलाई संगीतकार राहुल प्रधानले म्युजिक भिडियोमा उतारेका छन्। राहुल प्रधानकै म्युजिक एरेन्जमेन्ट रहेको यस गीतलाई भने शेखर च्यान लामाले लेखेका हुन्।

निप्पोन यस गीतका गीतकार तथा गायक शेखर च्यान लामाको छोरा हुन्। फोटो पत्रकार नबिन बाबु गुरुङले छायांकन गरेको यस म्युजिक भिडियोमा लानी तामाङ लगायतको अभिनय रहेको छ। सुप्रिम पराजुलीले सम्पादन गरेको यस म्युजिक भिडियोलाई जिनियस डिजिटलले बजारमा ल्याएको हो ।