गाउँ–सहरमा रुचाइँदै ह्याप्पी डेजको चेप्टे पेरुङ्गो

काठमाडौं । प्रदर्शनको मिति नजिकिँदै गएपछि फिल्म ‘ह्याप्पी डेज’ युनिट फिल्मको प्रमोसनमा जुटिसकेका छन् । यो फिल्मको तीन महिना अघि सार्वजनिक लोक फ्लेबरको गीत ‘चेप्टे चेप्टे पेरुङ्गो’ गाउँगाउँमा गुञ्जिन थालेपछि फिल्म युनिटलाई फिल्म प्रमोसनमा फाइदा पुगेको छ ।

फिल्मका निर्देशक मिलन चाम्सका अनुसार टेलिभिजनमा पनि दर्शकहरुको रोजाईमा गीत परेपछि फिल्मको प्रमोसनमा नयाँ माहौल थपिएको छ । ‘हामीलाई जिल्ला जिल्लामा रहेका एफएमहरुबाट पनि गीत निरन्तर रुपमा बजिरहेको दिनहुँ फोन आउन थालेका छन्,’निर्देशक मिलनले भने,‘मोफसलका टेलिभिजन र राजधानीका टेलिभिजनका दर्शकले पनि गीतको राम्रो प्रशंसा गरेका छन् । गीतमा दयाहाङ राई र दीया पुनको क्यामेष्ट्रीलाई दर्शकले राम्रो साथ दिनुभएको छ ।’ फिल्म माघ १२ गते रिलिज हुँदैछ ।

सार्वजनिक गीतमा शब्द र संगीत राजनराज शिवाकोटीको छ भने राजनराज शिवकोटी र अञ्जु पन्तले स्वर दिएका छन् । फिल्ममा मिलनसहित विपी खनाल, भवानी शर्मा र हिरा जोशीले लगानी गरेका छन् ।

चाम्स ईन्टरटेन्मेन्ट र लण्डन सिने आई प्रोडक्शनमा निर्माण भएको फिल्मको गीतलाई कबिराज गहतराजले कोरियोग्राफ गरेका छन् । फिल्मको गत नोभेम्बरमा बेलायतमा प्रिमियर गरेको थियो । प्रिमियरबाट फिल्मले बेलायतमा बस्दै आएका नेपालीबाट राम्रो प्रतिक्रिया पाएको थियो ।

साढे २ करोडको बजेटमा निर्माण भएको फिल्ममा दया र दीयासँगै प्रियंका कार्की, सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकलको पनि अभिनय छ ।