अायाे लालपुर्जा दाेस्राे ट्रेलर

काठमाडाैं । फिल्म ‘लाल पुर्जा’ को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । अागामी माघ ४ गते रिलिज हुने फिल्मकाे ट्रेलरमा नायक सौगात मल्ल र विपिन कार्कीलगायतका कलाकारले फिचरिङ गरेका छन् ।

निगम श्रेष्ठ निर्देशित फिल्ममा हरिहर शर्मा, कामेश्वर चौरसिया, मेनुका प्रधान, मिरुना मगर लगायत कलाकारहरुको अभिनय छ । मितेरी गाउँको कथा भन्ने फिल्ममा विक्रम सिंह थारु र उमेश श्रेष्ठकाे लगानी छ ।

फिल्मले जग्गाकाे विवादमा दाजुभाईकाे झगडाकाे कथा दर्शकलाई देखाउनेछ । फिल्मको कथा निर्देशक श्रेष्ठ र निर्माता थारु मिलेर लेखेका हुन् । याे फिल्म निखिल उप्रेतीको फिल्म ‘पिजडा ब्याक अगेन’ सँग भिड्दैछ ।