प्रशिक्षणमा लिटिल स्टार अफ दि इयर

काठमाडौं । बालबालिका सम्बन्धी सौन्दर्य प्रतियोगिता ‘लिटिल स्टार अफ द इयर २०१८’का ७० प्रतियोगी यतिबेला प्रशिक्षणमा जुटेका छन् । दरबारमार्गस्थित सिडब्लु रेष्टुरेन्टमा यतिबेला उनीहरुले विभिन्न प्रशिक्षण लिइरहेका छन् । राजधानीमा आयोजित प्रारम्भिक चरणको अडिसनमा सहभागी १ सय २० मध्ये ७० जना प्रशिक्षणमा व्यस्त छन् । प्रतियोगीलाई प्रशिक्षणमार्फत निखार्ने काम मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार वीरेन्द्र हमाल, जीवन गिरीलगायतले गरिरहेका छन् ।

प्रशिक्षणको क्रममा उनीहरुले संगीत, गायन, नृत्य, ब्याक्तित्व विकास, सामाजिक उत्तरदायत्व, बालअधिकार, अनुसासन लगायत बिषयको ज्ञान लिने कार्यक्रमको संयोजक जीवन गिरीले बताए । बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भविस्य निर्माण तिर अग्रसर गराउने उद्देश्यले गत बर्षबाट एनोवेसन इवेन्ट म्यानेजमेन्टले यो प्रतियोगीता सुरु गरेको हो ।

७ देखि १४ बर्षसम्मका बालबालिकाले सहभागीता रहेको प्रतियोगीतामा ७ देखि ९, १० देखि १२ र १३ देखि १४ गरि भिन्न भिन्नै तीन समहुको बिजेता छानिने आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले जानकारी दिए ।  शिर्ष सहित बिभिन्न उप बिजेता समेत छानिने प्रतियोगीतामा बिजेताले बिभिन्न पुरस्कार र अवसर एकसाथ जित्न सक्ने आयोजले जनाएको छ ।