माघे संक्रान्तिलाई समीरको कपाल ठाडो

काठमाडौं । माघे सङ्क्रान्तिको अवसर पारेर अष्ट्रेलियाबाट गायक समीर आचार्यले थारु गीत ‘कपाल ठाडो’को भिडियो दर्शकका लागि ल्याएका छन् । अष्ट्रेलियाबाटै नेपाली गीतसंगीतमा सक्रिय समीरले यो पटक चर्चित डान्स ग्रुप भीमफेदी गाइजसँग सहकार्य गरेर भिडियो तयार गरेका छन् ।

गीतमा आशिष अविरलको संगीत छ भने एक नारायण भण्डारीको शब्द छ । नवलपरासीका थारु गाउँहरुमा यो गीतको भिडियो खिचिएको हो । अष्ट्रेलियाबाटै ‘दुनियाँ बेग्लै छ तम्लार्इ चट्ट सलाम छ’ बोलको देउडा गीत गाएका समीरले यसपटक थारु गीतसहित आफूलाई नयाँ दर्शक श्रोताको माझमा उभ्याएका छन् ।

निर्मल लामा निर्देशित भिडियोमा मोडल सिर्जना कार्की र भीमफेदी गाइजका कलाकारले फिचरिङ गरेका छन् । ओम प्रसाईले ड्रोन चलाएको भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने पवन थापाको सम्पादन छ ।