हमाललाई ओलीको सुझावः ‘देश बनाउन भूमिका निभाउनु’

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली फिल्मका नायकहरुले अभिनयमा मात्र नभई देश बनाउनका लागि पनि भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका छन् । ओलीलाई बधाई तथा शुभकामना दिन ओली निवास बालकोट पुगेका अभिनेता राजेश हमाललाई ओलीले यो सुझाव दिएका हुन् ।

उनले देश र जनताले आफूलाई गरेको विश्वास र दिएको जिम्मेवारीबाट विमुख नहुने पनि बताए । हमालसँग कुरा गर्दै ओलीले राष्ट्रियताको अडानले आम नेपालीलाई उत्साहित बनाउँदै आफूलाई दिएको जिम्मेवारी पूरा गर्ने जनाए ।

अध्यक्ष ओलीले फिल्म नायकहरूले फिल्मको अभिनयमा मात्र सीमित नभई देश बनाउनका लागि पनि भूमिका निर्वाह गर्नुपर्ने बताए । नायक हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउनु पर्ने भन्दै शुभकामना दिए । देशका लागि आवश्यक पर्दा आफू जुनसुकै सहयोग गर्न तयार रहेको हमालले बताए ।

Leave a Comment