विराट–अनुष्का वैवाहिक जीवन संकटमा, अब के गर्लान ?

मुम्बई(एजेन्सी) । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड नायिका अनुष्का शर्माको वैवाहिक जीवनमा एउटा संकटको जन्म भएको छ । इटालीमा गएर विवाह गरेका विराट र अनुष्काको विवाह दर्ता प्रक्रियामा समस्या आउने देखिएपछि उनीहरुको वैवाहिक सम्बन्ध के हुने हो भन्ने अन्यौलता बलिउडमा देखिएको छ । उनीहरुले गत डिसेम्बर ११ मा इटलीमा विवाह गरे पनि इटालीको रोमस्थित भारतीय दूतावासलाई विवाह बारे जानकारी दिएका थिएनन् । यही कारण उनीहरुको विवाह दर्तामा समस्या आउने देखिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो समस्याबाट पार पाउनका लागि अब विराट र अनुष्काले सांकेतिक रुपमा दोस्रो विवाह गर्नुपर्ने हुन्छ । पन्जाब र हरियाणा उच्च अदालतका वकिल हेमन्त कुमारले आरटीआई दर्ता गरेर विराट र अनुष्काको विवाह दर्तासँग सम्बन्धित सवाल उठाएका थिए । यो विषयमा रोमस्थित भारतीय दूतावासले जोडीको विवाह बारे अनभिज्ञता जनाइसकेको छ ।

‘यदि कोही भारतीय नागरिक भारत भन्दा बाहिर गएर विवाह गर्छ भने उसको विवाह दर्ता विदेशी विवाह अधिनियम १९६९ बमोजिम हुन्छ । यो दर्ताका लागि सम्बन्धित देशमा भएको भारतीय दुतावासलाई सूचना दिनुपर्ने हुन्छ । तर विराट कोहली र अनुष्का शर्माले यो विषयमा गल्ती गरेका छन् ।’ दुतावासले पठाएको उत्तरमा उल्लेख छ ।

जानकारका अनुसार विराट कोहली र अनुष्का शर्माको विवाह दर्ता प्रक्रियामा जुन किसिमको अवरोध आएको छ । यसको समाधान राज्य सरकारले गर्न सक्छ । विराट कोहली र अनुष्का शर्मा विवाह पछि जुन राज्यमा आफ्नो स्थायी ठेगाना सुनिश्चित गर्छन्, उनीहरुले त्यहाँ दर्ता कार्यालयमा विवाह दर्ताका लागि आवेदन दिन सक्नेछन् ।

उनीहरुले राज्यमा रहेको दर्ता कार्यालयमा विवाह दर्ता गराउनका लागि पुनः नक्कली विवाह गर्नुपर्ने हुन्छ । जहाँ दर्ताका लागि उनीहरुले पुनः सांकेतिक विवाह गर्नुपर्ने हुन्छ । विवाह दर्ता गर्न प्रमाणका लागि विराट र अनुष्काले विवाहको तस्वीर र विवाह कार्ड बनाउनुपर्नेछ ।